Paschim Express
डडेल्धुरा जेसीजको अध्यक्षमा ऐर

डडेल्धुरा । डडेल्धुरा जेसीजको अध्यक्षमा लक्ष्मीकुमारी ऐर चयन भएकी छिन् । वर्ष २०२४ का लागि ऐर सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् ।

यस्तै कार्यकारणी उपाध्यक्षमा दीनेशप्रशाद पनेरु र सिन्धु बोहरा अवस्थी, उपाध्यक्षमा बसन्तराज पाण्डेय, गोबिन्द भट्ट, सन्जिवबहादुर बिष्ट र सरस्वती पनेरु भट्ट चयन भएका छन् ।

कानूनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष भने अध्यक्षले मनोनीत गर्ने निर्वाचन अधिकृत हिक्मत सिंहले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update