Paschim Express
परशुराम नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर विनाब्याज ५ लाख रूपैयाँ ऋण दिने

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ ।

नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि उक्त कर्जा दिन लागेको हो ।

नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई एसईई परीक्षाको प्रमाणपत्र धितो राखेपछि उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा  उपलब्ध गराइने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताए । 

स्वदेशमै उच्च शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४ औं नगरसभाबाट ऐन समेत पारित भएको उनले बताए।

कर्जा लिनका लागि विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने छ । ऋण लिने विद्यार्थीले माग गर्न वडा समितिमा निवेदन पेस गरि सिफारिस लिनुपर्ने छ ।

उक्त कर्जा रकम शैक्षिक कोर्सको अन्तिम परिक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत र दुुई वर्षभित्र पचास प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्ष भित्र सबै कर्जा कम नगरपालिकालाई फिर्ता दिनुपर्ने छ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update