Paschim Express
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, सुदूरपश्चिममा दोस्रो 

डडेल्धुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डडेल्धुराको भागेश्वर गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको छ । 

सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र निशर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा भागेश्वरले ९१ अङ्क हासिल गर्दै जिल्लाको उत्कृष्ट बनेको हो । यस्तै ७६.२५ अङ्क प्राप्त गरेर अमरगढी नगरपालिका र आलिताल गाउँपालिकाले दोस्रो स्थान हासिल गरेका छन् ।  भने, ६९ अङ्क ल्याएर परशुराम नगरपालिका तेस्रो स्थानमा अटाएको छ । 

यस्तै सुदूरपश्चिममा ९५.५ अङ्क ल्याएर डोटीको आदर्श गाउँपालिका प्रदेशमै उत्कृष्ट बनेको छ । ९१ अङ्क ल्याएको भागेश्वर प्रदेशमै दोस्रो भएको छ । 

pashi-1706075451.jpg

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update