Paschim Express
डडेल्धुराका १५ वर्षीय बालक तीन दिनदेखि बेपत्ता

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगपालिका वडा नम्बर ४ हरडी घर भएका एक नाबालक बेपत्ता भएका छन् । हरडीका १५ वर्षीय गौतम दमाई तीनदेखि बेपत्ता भएका हुन् । 

हरडीको बैजनाथ आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत दमाई मंगलबारदेखि बेपत्ता भएका हुन् । उनी घरबाटै बेपत्ता भएको उनकी दिदी तारा दमाईले जानकारी दिइन् । 

मंगलबार दिउसोदेखि उनी घरमा आएका छैनन् । आफन्त सबैलाई सोधपुछ गरेको र कतै पनि नभएको उनले बताइन् । उनी हराएको खबर जिल्ला प्रहरी कार्यालयमा बुधबार गरिएको छ ।  

आमा सामाजिक भत्ता बुझ्न जिल्ला सदरमुकामको तुफानडाडा गएको र आफु बाख्रा चराउन गएको बेला गौतम घरबाट हराएको उनले बताइन् । गौतमले कालो पाइन्ट, कालो ज्यागेट र रातो टीसर्ट लगाएको हुनसक्ने उनले जानकारी दिइन् । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update