Paschim Express
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ९९ प्रतिशत मतदान

डडेल्धुरा । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न भएको छ । सुदूरपश्चिममा ९९ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यहाँ प्रदेशका ५२ र स्थानीय तहका १ सय ७५ गरि दुई सय २७ जना मतदाता रहेका थिए । सोमध्ये दुई जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागी नभएको मतदान केन्द्रका सहायक कर्मचारी युवराज जैशीले बताए ।

मतदानमा सहभागी नहुनेमा धनगढी नगर प्रमुख गोपाल हमाल र भजनी नगरपालिकाकी उपप्रमुख राजु तिरुवा रहेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित तिरुवाले आफु विरामी भएका कारण मतदानमा भाग लिन नसकिएको बताइन् । 

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै  नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् । एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् । 

केही समयमा मतगणना सु्ररु गरेर निर्वाचनको मतपरिणाम आज नै सार्वजनिक हुने बताइएको छ ।  सुदूरपश्चिममा तीन सदस्यका निर्वाचन भएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update