Paschim Express
सुदूरपश्चिममा काँग्रेसका भट्ट र बोहरा तथा माओवादीकी चन्द राष्ट्रियसभामा विजयी

कैलाली । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।

महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मतभार पाइन् । यस्तै अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए ।

उनले ४ हजार ४१९ मतभार पाए । त्यस्तै अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन् । उनले ४ हजार ३४७ मतभार पाएका छन् ।

एमालेबाट उम्मेदवार रहेका अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी पराजित भएका छन् । 

राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत मतदान भएको थियो । यहाँ प्रदेशका ५२ र स्थानीय तहका १ सय ७५ गरि दुई सय २७ जना मतदाता रहेका थिए । सोमध्ये दुई जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागी भएका थिएनन् ।

यहाँ नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएपछि रिक्त हुने ३ स्थानको लागि निर्वाचन भएको हो । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update