Paschim Express
डडेल्धुरामा ‘समुदायमा कांग्रेस अभियान’ सुरू, वेबसाइट पनि सञ्चालन

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले आइतबार समुदायमा काँग्रेस अभियानको शुभारम्भ गरेको छ । काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो । यस्तै पार्टीको वेबसाइट पनि सञ्चालनमा ल्याइएको छ ।

सूचना र प्रविधिसँग जोड्न ‘नेपाली कांग्रेस डडेल्धुरा डट् ओआरजी’ वेबसाइट सञ्चालनमा ल्याएको नेपाली काङ्ग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए ।

नेपाली काँग्रेस डडेल्धुराद्धारा प्रदान गरिने सूचना, सन्देश, टोल , वडा पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्य समितिका विवरण राख्न, भातृ तथा सुवेच्छुक संघसंस्थाको कार्यसमितिको विवरण, विधान, दस्तावेज, घोषणपत्र राख्न र पार्टीबाट जननिर्वाचित प्रतिनिधिहरुको विवरण राख्नका लागि वेबसाइट सञ्चालन गरिएको सभापति साउदले बताए ।

यस्तै सभापति साउदले अभियानको सफलताका लागि सबैले आ-आफनो क्षेत्रमा क्रयाशिल भएर लाग्नुपर्ने पनि बताए । यस्तै नेपाली काँग्रेस डडेल्धुराले अभियानका लागि जिल्ला, प्रदेश क्षेत्र र वडाहरुमा प्रतिनिधि तोकेको छ ।

जिल्लामा केन्द्रीय सदस्य डा. रणवहादुर रावल , प्रदेश क्षेत्र १ मा धर्मानन्द भट्ट र प्रदेश क्षेत्र २ मा निर्मला बोगटी बिष्ट प्रतिनिधि तोकिएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update