Paschim Express
सुदूरपश्चिम प्रदेश सरकारका आयोजनामा अब छुट्टै कलर कोडसहित योजना बोर्ड

डडेल्धुरा । सुदूूरपश्चिम प्रदेश सरकारले निर्माण गरेका र सञ्चालनमा रहेका आयोजनाहरुका लागि आफ्नै मौलिक कलर कोड लागू गरेको छ । प्रदेश सरकारले आफ्ना आयोजनाहरुमा कलर कोडसहित योजना बोर्ड राख्न सुरु भएको हो । 

यसैबीच सुदूूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले आइतबार डोटी पुगेर कलर कोड सहितको योजना बोर्डको निरीक्षण गरेका छन् । प्रदेश सरकार मातहतका विकास निर्माणका आयोजनाको कोडसहित सूचना बोर्ड लगाउने निर्णयअनुसार प्रदेशसभा सदस्य चक्र मल्ल र शिवसिंह ओलीसहित डोटी पुगेका मन्त्री देउवाले त्यसको निरीक्षण गरेका हुन् । 

डोटी जिल्लाबाट खप्तड जाने सिलगढी–झिग्राना सडकको शून्य बिन्दुमा राखिएको कलर कोडसहितको बोर्डमा निरीक्षण गरिएको मन्त्री देउवाले जानकारी दिए ।

‘प्रदेश सरकार गठन भएको ६ वर्षमा ठुला विकास निर्माणका काम पनि भएका छन्,’ मन्त्री देउवाले भने, ‘तर ती योजनाको काम कसले ग¥यो भन्नेबारे जानकारी धेरैलाई छैन । त्यसैले प्रदेश सरकारले निर्माण गरेका योजनाको परिचय खुलाउने काम गर्नका लागि पनि कलर कोडसहित योजना बोर्ड राख्न सुरु गरिएको हो ।’ उनले प्रदेश सरकारलाई जनताले बुझ्न र जान्नका लागि पनि उक्त कार्य गरिएको बताए । 


 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update