Paschim Express
डडेल्धुरामा २६ गतेदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

डडेल्धुरा । डडेल्धुरामा १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही माघ २६ गतेदेखि हुने भएको छ । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २६ गतेदेखि २७ गतेसम्म अमरगढी नगरपालिका-४ मा पर्ने  टुँडिखेलमा हुने भएको हाे ।

सोमबार व्यवस्थापन, निर्देशन समितिको बैठकले मिती स्थान तय गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले जानकारी दिए ।

स्थानीय तहहरुले पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिरहेकोले छिटो मिती तय भएको हो । । पालिकास्तरबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्सलगातयका खेल खेलाइनेछन् । विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

423537619_7146392632108826_7401455655320607422_n-1706519684.jpg

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update