Paschim Express
डडेल्धुराका सरकारी कार्यालयमा प्रशासनको छ्ड्के, ३६ कर्मचारी अनुपस्थित

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको नेतृत्वमा जिल्लाका कार्यालयमा छड्के अनुगमन गरिएको हो ।

प्रशासनले १५ कार्यालमा छड्के अनुगमन गरेकोमा ३६ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमा १५ जना अधिकृतस्तरका कर्मचारी रहेका छन् ।

अनुपस्थित कर्मचारी अनुपस्थित हुनुको कारण खुलाएर जानकारी दिन र स्पष्टीकरण पेस गर्न प्रशासनले निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update