Paschim Express
आजदेखि ५ बजेसम्म खुल्नेछन् सरकारी कार्यालय

काठमाडौं । गलबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् ।

१६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार भोलिदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update