Paschim Express
बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार  गाउँपालिका-२ कटौजपानीमा जीप दुर्घटना भएको  हो ।

सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको  सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जीप कटौज पानीमा दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रवक्ता नन्दराज जोशीले  जानकारी  दिए ।

जीपमा सवार दोगडाकेदार- ८  कालागाउँकी १५ वर्षीया मनिषा विष्टको  घटनास्थलमै  मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले  बताए ।

उनका अनुसार चालकसहित घाइते सातै जनाको जनाको  जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको  छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update