Paschim Express
पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

डडेल्धुरा । डडेल्धुराका पत्रकार नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । 

पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेतमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

पत्रकार पनेरु विगत दशकभन्दा बढी लामाे समयदेखि पत्रकारितामा सक्रिय छन् । हाल यस पश्चिम एक्सप्रेसका प्रधान सम्पादक रहेका उनी नयाँ पत्रिकामा पनि कार्यरत छन् ।  उनी यसअघि दिनेशखबर तथा एफएमका सम्पादकको रुपमा कार्यरत थिए ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update