Paschim Express
भागेश्वर गाउँपालिकाको केन्द्र टप्वा तोकियो

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र तोकिएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनबाट आज बहुमत कार्यपालिका सदस्यले वडा नम्बर ५ मा रहेको टप्वालाई केन्द्र तोक्ने पक्षमा मतदान गरेका हुन् । 
विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि केन्द्र तोक्न सकेको थिएन । सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्यसम्पादन गरिरहेको थियो ।

बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा केन्द्र तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो । तर, आजको बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए ।

उनका अनुसार टप्वाका पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत आएका थिए । त्यस्तै एक मत बदर भएको र एक जना अनुपस्थित रहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update