Paschim Express
सुदूर पहाडमा वर्षासँगै हिमपात

डडेल्धुरा ।  सुदूर पहाडमा वर्षासँगै हिमपात भएको छ । बिहिबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो । 

बैतडीको खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनारखोली लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भइरहेको छ ।

दार्चुलाको अपिहिमाल, व्याँस लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने डोटी लगायतका जिल्लाकाे खप्तड लगायतका क्षेत्रहरुमा हिमपात भएको बताइएको छ । 

असोजपछि हिउँदे वर्षा भएपछि किसानहरुले राहत महसुस गरेका छन् । लामो समयदेखि वर्षा नहुदा हिउदे बाली प्रभावित बनेको थियो । 

 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update