Paschim Express
सुदूरपश्चिमको लगानी सम्मेलन असोजमा सर्‍यो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुनमा आयोजना गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलन असोजमा सरेको छ ।  

तयारी नपुग्ने भएपछि प्रदेश सरकारले अब २०८१ असोज २१ र २२ गते सम्मेलन गर्ने निर्णय गरेको हो । यसअघि, फागुन २२ र २३ गते दुई दिन प्रदेश लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरिएको थियो । मन्त्रिपरिषद् बैठकले अब सात महिना पछाडि सम्मेलनलाई सारेको छ । 

लगानी सम्मेलनका लागि अझै तयारी गर्न आवश्यक रहेकाले प्रदेश सरकारले सम्मेलन असोजमा सारेको लगानी तथा विकास सम्मेलनका कार्यकारी सदस्य नृप सुनारले बताए । यद्यपि सचिवालयबाट तयारीको काम निरन्तर भइरहेको उनले जानकारी दिए । 

प्रदेश सरकारले लगानी सम्मेलनका लागि ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको छ । सम्मेलनका लागि विभिन्न निकायसँग सरकारले विभिन्न चरणमा छलफल गरिसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update