Paschim Express
अस्ताए पूर्वमन्त्री लालबहादुर खडायत

डडेल्धुरा । पूर्वमन्त्री लालबहादुर खडायतको निधन भएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–२ सोल्परी घर भई हाल काठमाडौं बस्दै आएका पूर्वमन्त्री खडायतको शुक्रबार निधन भएको हो ।

उनको काठमाडौंकै एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

पञ्चायतकालमा डडेल्धुराबाट प्रतिनिधित्व गर्दै खडायत ०२५ भूमि सुधार मन्त्री, ०३० मा कानून तथा न्यायमन्त्री, ०३० खाद्य कृषि तथा भूमि सुधार मन्त्री र ०३८ मा जलस्रोत मन्त्री बनेका थिए । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update