Paschim Express
डडेल्धुराको अमरगढीमा दिइयाे हाते ट्याक्टर मर्मत तालिम

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम सम्पन्न भएको छ । अमरगढीका युवालाईका लागि १५ दिने तालिम दिइएको हो । 

अमरगढी नगरपालिकाको आयोजनामा २२ जनालाई तालिम दिइएको हो । प्रत्येक वडाबाट २ जनालार्इ तालिममा सहभागी गराएको अमरगढी नगरपालिका प्रशासकीय अधिकृत मीनराज ओझाले बताए। 

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत स्थानीय युवालाई आत्मनिर्भर बनाउने काम भइरहेकोमा सोहीअन्तर्गत १५ दिने तालिम पनि दिइएको प्रशासकीय अधिकृत ओझाले बताए ।

स्थानिय युवाहरुलाइ दक्ष कामदार बनाउन तथा नयाँनयाँ प्रविधिको प्रयोग गर्न सहयोग गर्दै आएको कार्यवाहक मेयर टंकबहादुर क्षेत्री बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update