Paschim Express
डडेल्धुराको भात्काँडामा एकजना मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एकजना मृत फेला परेका छन् ।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ भात्काँडा बजार डेरा गरी बस्ने ६५ वर्षीय पुरुष मृत फेला परेका हुन् । 

राई थर भएका र इलाम घर बताउने ६५ वर्षीय पुरुष भात्काँडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए । 
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update