Paschim Express
डडेल्धुरा अस्पतालमा निशुल्क स्वास्थ्य शिविर हुँदै

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । काठमाडौं मेडिकल कलेजले माघ २५ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

मेडिकल कलेजले अमरगढी नगरपालिका र डडेल्धुरा अस्पताललाई पत्र पठाउँदै २५ गते शिविर सञ्चालन गर्ने र त्यसमा समन्वय गरिदिन आग्रह गरेको छ ।  

शिविरमा जनरल मेडिसिन सेवासंगै मुटुरोग सेवा (इकोसहित), प्रसुती तथा स्त्रिरोगका बिरामीको पनि उपचार हुने काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

यस्तै बालरोग, शल्यक्रिया, मानसिक तथा नशा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक, कान तथा घाँटी र दन्त रोग सम्बन्धी बिरामीको पनि उपचार हुने जनाइएको छ । 

यस्तै आँखा परीक्षणसंगै उपचार तथा भिडियो एक्सरे र प्रयोगशाला परीक्षणको पनि सेवा सञ्चालन हुने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update