Paschim Express
डडेल्धुरामा अटो दुर्घटना हुँदा एक प्रहरीसहित ६ जना घाइते

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ८ रातो गुराँस रिर्सोट नजिक अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार तुफानडाँडाबाट पोखरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ह ६०६४ नम्बरको अटो तिव्र गतिका कारण अनियन्त्रित भई सडक किनारामा पल्टीएको डडेल्धुरा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

अटोमा सवार एक जना प्रहरी जवान सहित ६ जना घाइते भएको प्रहरी जनाएको छ ।

घाइते भएकाहरूमध्ये दुई जनाको अवस्था मध्यम रहेको र अन्य सामान्यको अवस्था रहेको छ ।

घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update