Paschim Express
डडेल्धुरामा निस्सासिएर २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा निस्सासिएर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमकि ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए ।

उनका अनुसार मृतक दुबै सासू-बुहारी हुन् । कोठामा आगो बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update