Paschim Express
डडेल्धुराको स्याउलेमा बस दुर्घटना

डडेल्धुरा । डडेल्धुराको स्याउलेमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति बाजुराबाट नेपालगञ्जतर्फ गइरहेको ना६ख ५४५० नम्बरकाे बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम रहेको र बाँकी सबै खतरामुक्त रहेको बताइएको छ । घाइतेहरुको डडेल्धुरा अपस्तालमा उपचार भइरहेको छ ।

प्रेसर पाइप फुट्दा दुर्घटनाबाट जोगाउन चालकले बस नालीतर्फ लग्दा दुर्घटना भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी कुसुम नायकले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update