Paschim Express
डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर, डेढ हजारले लिए सेवा

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  विशेषज्ञसहितको एकदिने निः शुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको हो ।

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग, डडेल्धुरा अस्पताल व्यवस्थापन तथा अमरगढी नगरपालिकाको आयोजनामा बृहत स्वास्थ्य शिवीर आयोजना गरिएको थियो । 

received_929412894968719-1707406891.jpeg

शिविरमा १ हजार ५ सय  जनाले सेवा लिएका आयोजक अमरगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए  । 

शिविरमा स्वास्थ्य परीक्षण गर्दा केहिमा जटिल समस्या देखापरेकाले उनीहरुको काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग सेवा, बाल रोग सेवा, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक कान र घाँटी रोग, दन्त रोग, आँखा, मानसिक तथा नशा रोग, मुटुसम्बन्धी सेवा प्रदान भएको थियो ।

यस्तै चिकित्सकको परामर्श अनुसार शिविरमा मुटुको जाँच, प्रयोगशाला सेवा समेत दिइएको थियो । शिविरमा निःशुल्क प्राप्त हुने औषधिहरु दिएको थिय भने काठमाडौं मेडिकल कलेजका डाक्टरहरुको टिमले उपचारमा सहयोग गरेका थिए ।

शिविरको उद्घाटन काठमाडौ मेडिकल कलेजका संचालक तथा  प्रतिनिधि सभा सदस्य डा सुनिल शर्माले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update