Paschim Express
डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पसमा सरसफाई

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको भीमदत्त बहुमुखी क्याम्पसमा सरसफाई गरिएको छ । भीमदत्त बहुमुखी क्यामपस र नेपाल विद्यार्थी संघ डडेल्धुराको संयुक्त आयोजनामा सरसफाई गरिएको हो । उक्त सरसफाई कार्यक्रममा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराको सहयोग रहेको थियो । 

सरसफाई कार्यक्रमअन्तर्गत भीमदत्त बहुमुखी क्याम्पस परिसर, कक्षा कोठा लगायत बजारदेखि भीमदत्त बहुमुखी क्याम्पससम्म जाने पैदल बाटो पनि सरसफाई गरिएको हो । 

सरसफाई कार्यक्रममा भीमदत्त बहुमुखी क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी र नेपाल विद्यार्थी संघ डडेल्धुराका पदाधिकारीको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए ।

बागबजारस्थित फोहोर भीमदत्त बहुमुखी क्याम्पसतर्फ फाल्न लागिएकाले त्यसको दिगो व्यवस्थापनका लागि अमरगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय डडेल्धुराको पनि ध्यानाकर्षण गरिएको ऐरले बताए । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update