Paschim Express
डडेल्धुरामा डेढ सय अभियुक्त अझै फरार, यसवर्ष प्रहरीमा ६७ मुद्दा दर्ता

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा डडेल्धुरा प्रहरीले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

डडेल्धुरा प्रहरीले जर्वजस्ती करणीका ५, लागूऔषध दुव्र्यसनीका ९, कर्तव्य ज्यानका ३, झुण्डिएर आत्महत्या ९, सवारी ३ र जुवातासका ५ गरेर कुल ६७ मुद्दा दर्ता गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यस अवधिमा ९९ वटा मुद्दा दर्ता भएका थिए । चालू आर्थिक वर्षमा दर्ता भएका कुल मुद्दा ६७ मध्ये ३६ मुद्दा फच्र्यौट भएका छन् भने ३४ मुद्दा बाँकी छन् । 

यस अवधिमा ३३ जना फरार अभियुक्त पक्राउ गरिएका छन् । हालसम्म कुल एक सय ८३ जना फरार अभियुक्त रहेको र एक सय ५० फरार अभियुक्त अझै पक्राउ गर्न बाँकी रहेकाले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए ।

उनका अनुसार प्रहरी कार्यालय र मातहतका युनिटमार्फत जिल्लाभर ५ सय ३८ वटा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएका छन् । यस्तै ७ सय १५ लिटर अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको छ । यस अवधिमा २ हजार ८ सय ४७ जनालाई ट्राफिक कारबाही गर्दै १६ लाख २२ हजार राजश्व सङ्कलन गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update