Paschim Express
डडेल्धुराको विकास निर्माण र सेवा प्रवाहमा सांसद खड्काको चासो, समयमै काम सक्न आग्रह

डडेल्धुरा । डडेल्धुराको विकास निर्माण र सेवा प्रवाहबारे प्रदेश सांसद सरस्वती खड्काको चासो देखाएकी छिन् । विकासे अड्डाले कार्यान्वयन गर्दै आएका विकास निर्माणका योजना तथा डडेल्धुरा अस्पताल र विभिन्न कार्यालयले प्रवाह गरिरहेको सेवाबारे प्रदेशसभा सदस्य खड्काले चासो दिएकी हुन् ।
सोही क्रममा आइतबार खड्काको उपस्थिति र डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको संयोजकत्वमा प्रदेश र संघ कार्यालयका प्रमुख तथा प्रतिनिधिसंग जिल्लामा आएको बजेटबारे छलफल गरिएको छ ।

प्रदेशसभा सदस्य खड्काका अनुसार कार्यालय प्रमुख र प्रतिनिधिलाई समयमै काम सम्पन्न गर्न आग्रह गरिएको छ । `विकासे अड्डालाई पनि समयमै ठेक्का लगाउन र समयमै काम सम्पन्न गर्न आग्रह गरेका छौं,´ उनले भनिन् ।

यस्तै सोमबार डडेल्धुरा अस्पताल विकाद समितिका अध्यक्ष करुणाकर ओझा, विकास समितिका सदस्य, अस्पतालका सम्पूर्ण तहगत इन्चार्ज लगायतको उपस्तिथिमा छ्लफल पनि गरिएको छ ।

सो क्रममा अस्पतालले दिने सेवा प्रभावकारी गराउन ध्यानाकर्षण गरिएको प्रदेशसभा सदस्य खड्काले जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update