Paschim Express
डडेल्धुरामा १२ वर्षीया बालिका बलत्कृत, युवक पक्राउ

डडेल्धुरा । डडेल्धुरामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन् ।

घटना माघ ६ गतेको भए पनि बाहिरिएको थिएन । तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतबार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए ।

उपचारमा संलग्न चिकित्सकले बालिकामाथि करणी भएको आशंका गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update