Paschim Express
डडेल्धुरा मेडिकल कलेजमा सुरू भयो पढाइ

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन भएको छ । सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको मेडिकल कलेजमा आजदेखि पढाइ सुरु भएको हो । कलेजले बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए ।

१० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएर पढाइ सुरू भएको उनले जानकारी दिए । `विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन भएको हो,´ उनले भने, `एकजना थप शुल्क तिरेर पढ्ने विद्यार्थी पनि भर्ना भएका छन् ।´

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा मेडिकल कलेजका अध्यापक र अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत पनि गरिएको छ ।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा संचालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो । तर चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो ।

एमबिबिएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति भए हामी ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update