Paschim Express
कञ्चनपुरमा एपीएफ विद्यालय सञ्चालन हुँदै, भर्ना खुल्यो

डडेल्धुरा । कञ्चनपुरको एपीएफ विद्यालय सञ्चालन हुने भएको छ । आगामी बैशाखदेखि पढाइ सुरु हुने गरि जिल्लाको झलारीमा पूर्ण आवासीय नेपाल एपीएफ स्कुल सञ्चालन हुने भएको हो । 

शिक्षाको क्षेत्रमा पछाडी परेको सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रमा थप टेवा पुरयाउने उद्देश्यले एपीएफ स्कुल सञ्चालनमा आउन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए । 

०८१ साल बैशाख महिनादेखि सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी सेवा केन्द्रले पूर्ण आवासीय नेपाल एपीएफ स्कुल सञ्चालन गर्ने उनले बताए । त्यसका लागि कक्षा ४ र ५ मा नयाँ भर्ना खुलेको पनि एसपी रावलले बताएका छन् । 

यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको थियो ।

गत महिनाको माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update