Paschim Express
डडेल्धुरामा कार्यरत प्रहरी हवल्दार जंगलमा मृत फेला

रुपन्देही । रुपन्देहीमा नेपाल प्रहरीका एकजना हवल्दार मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरी चौकी भात्काँडा डडेल्धुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला बुटवलको जंगलमा मृत भेटिएका हुन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव सडिकसको अवस्था भेटिएको रुपन्देही प्रहरीले जनाएको छ । 

एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेका उनी जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । मृतकको घर कैलालीको लम्कीचुहा नगरपालिका–६ हो । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update