Paschim Express
बैतडीको पञ्चेश्वरले  रेफर गरिएका गर्भवती र सुत्केरीलाई यातायात खर्च दिने

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाले  रेफर गरिएका अथवा गर्नुपर्ने अवस्थाका गर्भवती र सुत्केरीलाई यातायात खर्च दिने भएको छ । जटिल समस्याका गर्भवती र सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पतालहरूमा प्रेषण गर्नुपरेमा यातायात खर्च गाउँपालिकाले व्यहोर्ने भएको हो ।

गाउँपालिकाले एक सूचना जारी गरेर पालिकाभित्रका बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकीबाट जटिलता देखा परि प्रसूति  तथा गर्भवतीलाई सुविधा सम्पन्न अस्पताल लग्नुपरे यातायात खर्च स्वास्थ्य शाखाबाट भुक्तानी गरिने उल्लेख गरेको छ ।

खर्चका लागि रेफर गरिएको  कागजात, स्वास्थ्य संस्थाबाट लिएको सेवा सम्बन्धि कागजात र एम्बुलेन्सको बीलसहित निवदेन स्वास्थ्य शाखामा बुझाउन पालिकाले अनुरोध गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update