Paschim Express
डडेल्धुराको अशिग्राम माविलाई गुणस्तरीय साउण्ड सिस्टम हस्तान्तरण

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयलाई गुणस्तरीय साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ ।

अशिग्राम माविका पूर्व छात्र तथा समाजसेवी सिद्धराज पनेरूले विद्यालयबाट अख्तियारि लिई चन्दा संकलन गरेर आइतबार डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

उक्त साउण्ड सिस्टमका लागि समाजसेवी पनेरूले सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको ‘साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान’मा विभिन्न सहयोगी व्यक्तिहरुबाट एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर पाण्डेले बताए ।

उक्त रकमबाट साउण्ड सिस्टम लगायतका सामग्रीहरु खरिद गरी विद्यालयलाई हस्तान्तरण भइ सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको प्रधानाध्यापक पाण्डेले जानकारी गराएका छन् । उक्त अभियानमा ७४ जना सहयोगीले सहयोग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update