Paschim Express
नेविसंघ डडेल्धुराले बालगृहलाई खाद्यान्न सहयोग गर्दै बालबालिकासंग मनायो प्रजातन्त्र दिवस

डडेल्धुरा । प्रजातन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले खाद्यान्न वितरण गरेको छ। सोमबार नेविसंघले अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेथस्दा बालगृहलाई खाद्यान्न सहयोग गरेको हो ।

दिवसका अवसरमा २ कट्टा चामल, २ कट्टा पिठो, १० किलो दाल, ४ पोका तेल र दुई क्रेट अन्डा सहयोग गरेको नेविसंघ डडेल्धुराका उपाध्यक्ष तारणी पन्तले जानकारी दिए ।

उनका अनुसार बालबालिकालाई खानामा केही सहयोग होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गर्दै बालबालिकासंग प्रजातन्त्र दिवस बनाइएको हो । हाल उक्त बालगृहमा ७ जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update