Paschim Express
अछाममा जिप दुर्घटना : एक बालकको मृत्यु, १४ घाइते

अछाम । लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन् । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको ज्यान गएको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिए । 

चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुगाएर उपचार भइरहेको अध्यक्ष साउँदको भनाइ छ । अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update