Paschim Express
भासु भीर नजिक एम्बुस बिष्फोट हुँदा डडेल्धुराका एकसहित चार जना घाइते

डडेल्धुरा । भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक विद्युतीय धराप (एम्बुस) बिष्फोट हुँदा चार जना घाइते भएका छन् ।

जेसिबीमार्फत सडक चौडा तथा मर्मत गरिरहेको समयमा अचानक एम्बुस बिष्फोट हुँदा चालकसहित चार जना घाइते भएका हुन् । 

घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा, डडेल्धुराका विकास थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए ।

थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच लडाई भएको थियो। बुधवार बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update