Paschim Express
राष्ट्रपति रामचन्द्र पौडेल अछामको वैद्यनाथ धाममा

अछाम । राष्ट्रपति रामचन्द्र पौडेल अछाम पुगेका छन् । उनी वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ उद्घाटन गर्न अछाम पुगेका हुन् । राष्ट्रपति पौडेले बिहिवार कोटीहोमको उद्घाटन गरेका छन् ।

बिहिवारबाट सुरु भएको कोटिहोम फागुन २५ गतेसम्म सञ्चालन हुने छ । शिवरात्रिको दिनसम्म अछामको वैद्यनाथ धाममा कोटिहोमको आयोजना गरिएको हो ।

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update