Paschim Express
सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोका

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोकालाई खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो । 

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो । 

नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृत केही दिनभित्रै गाउँपालिकामा हाजिर हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।

सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिमविहिन भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update