Paschim Express
महिला महासमिति सदस्यसंग आरजु राणाको छलफल, सबै प्रदेशमा पनि बैठक हुने

डडेल्धुरा । काँग्रेस नेतृ डा. आरजु राणा देउवाले महासमिति सदस्यहरूसँग छलफल गरेकी छिन् । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सभापतिसमेत रहेकी राणाले महिला महासमिति सदस्यसंग छ्लफल गरेकी हुन् ।

महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरूसँग शुक्रबार बिहान अनुपम फुडल्याण्डमा छलफल भएको हो ।

कार्यक्रममा निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बनाउँदा महिलाको प्रतिनिधित्वको विषयमा गरेको प्रस्तावबारे छलफल भएको बताइएको छ । कार्यक्रममा देशभरका महिला महासमिति सदस्यहरुले निर्वाचन ऐनबारे आफ्नो धारणा राखेका थिए ।

`नेपाली काँग्रेसका महिला महासमिति सदस्यज्यूसंग निर्वाचन ऐन सम्बन्धि छलफल तथा भेटघाट कार्यक्रममा पाल्नु भएका सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु,´ नेतृ  राणाले भनिन्, `यो बैठक अब सातै प्रदेशमा आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्दै यहाँहरुको बहुमूल्य समय र सुझावलाई ग्रहण गर्दै अगाडि बढ्ने प्रयत्न गर्नेछौं ।´

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update