Paschim Express
डडेल्धुरामा पनि सुरू भयो दादुरा-रुबेला विरुद्धको खोप अभियान

डडेल्धुरा । डडेल्धुरामा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नम्बर ४ बाट दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान सुरु गरिएको हो ।

वडा नम्बर ४ मा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले जिल्लाभर खोप अभियान सुरु भएको घोषणा गरे । खोपका विषयमा सकारात्मक सन्देश प्रवाह गर्नसके अभियान सफल हुने उनको भनाई थियो ।

स्वास्थ कार्यालय डडेल्धुराका कन्ट्रोल भेक्टोलार हरिप्रशाद भट्टका अनुसार आजदेखि सुरु भएको अभियान १६ गतेसम्म सञ्चालन हुनेछ । `डडेल्धुरामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप दिन सुरु गरेका छौं,´ उनले भने, `जिल्लामा ११ हजार ८२३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।´

नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्था गरि एक सय ८० वटा खोप केन्द्रबाट खोप प्रदान गरिने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाइएको कार्यालयले जनाएको छ । दादुरा-रुबेला रोगबाट एकजना संक्रमितले १८ जनासम्मलाई संक्रमण गर्न  सक्छ । सन् ०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य नेपाल सरकारको छ ।

No description available.

No description available.

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update