Paschim Express
एमाले डडेल्धुराको जिल्ला अधिवेशन फागुन ३० गते

डडेल्धुरा । नेकपा एमाले डडेल्धुरा जिल्लाको ९औं जिल्ला अधिवेशन फागुन ३० गते हुने भएको छ ।

फागुन अन्तिम साता हुने सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

अधिवेशन यहीँ फागुन ३० गते परशुराम नगरपालिका-१२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरिसकेको छ ।

उक्त अधिवेशनको मिति तोकिएसँगै जिल्लाको नेतृत्व लिन नेताहरुको दौडधुप तीब्र बनेको छ ।

अध्यक्षका लागि गजेन्द्र शाही, चक्रप्रसाद स्नेही र विशेश्वरप्रसाद ओझा (विपिन)ले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ ।

शाही एमालेका जिल्ला संयोजक हुन् । स्नेही पूर्व राष्ट्रिय सभा सदस्य र अनेरास्ववियुबाट आफ्नो राजनीतिलाई उचाइमा पुर्‍याएका ओझा अमरगढी नगरपालिकाका पूर्व मेयर समेत हुन्।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update