Paschim Express
दार्चुलामा नगर प्रहरी मृत फेला

दार्चुला। दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी मृत फेला परेकी छिन् ।

आइतबार दिउँसो  महाकाली नगरपालिका- ४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए ।

आफ्नै कोठामा रहेको पंखाको झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update