Paschim Express
बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक जनाको मृत्यु

बझाङ । बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update