Paschim Express
डडेल्धुराको आइन्स्टाइन स्कुलका विद्यार्थीहरूको निःशुल्क दाँत चेकजाँच

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित आइन्स्टाइन पब्लिक स्कुलका विद्यार्थीहरूको निःशुल्क दाँत चेकजाँच तथा परामर्श सेवा शिविर सम्पन्न गरेको छ ।

मंगलबार आइन्स्टाइन पब्लिक स्कुलको आयोजना तथा डडेल्धुरा डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा विद्यार्थीहरूको दन्त चेकजाँच गरिएको हो। विद्यालयका  चार सय विद्यार्थीको दन्त चेकजाँच गरिएको प्रिन्सिपल रामप्रसाद अवस्थीले जानकारी दिए ।

उनका अनुसार दन्त चेकजाँचसँगै परामर्श पनि दिइएको छ।  अघिल्लो शुक्रबार सम्पूर्ण विद्यार्थी र शिक्षाकको निल्शुल्क आँखा जाँच समेत गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update