Paschim Express
बैतडीको एक होटेलमा युवकको शव फेला

बैतडी । बैतडीको होटेलमा युवक मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका-८ स्थित नेपाल–भारत सीमामा पर्ने  झुलाघाट  बजारको बोहरा  होटेलभित्र एक ३३ वर्षीय युवक मृत फेला  परेका हुन् ।

मृत फेला परेका  युवक बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका  हिक्मत धामी रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी  दिए ।

उनका अनुसार भारतको अलमोडबाट  काम गरेर स्वदेश फर्किएका युवक राति बोहरा होटेलमा बास बसेका थिए । बास बसेका युवक राति साढे २ बजेको समयमा होटेलको माथिल्लो तलाको कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रवक्ता खत्रीले बताए ।


मृत्युको  कारण खुलेको  छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको  छ । 

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update