Paschim Express
फोहोरमैला व्यवस्थापनका लागि परशुराम नगरपालिकालाई ५ कराेड

डडेल्धुरा । डडेल्धुराकाे परशुराम नगरपालिकालाई फाेहाेरमैला व्यवस्थापनका लागि अर्थ मन्त्रालयले ५ कराेड रुपैयाँ दिने भएकाे छ ।

नगर प्रमुख भरत बडाएर जाेशीका अनुसार अर्थ मन्त्रालयले नगरभित्र उत्पन्न हुने फाेहाेरमैला व्यवस्थापन गर्नकाे लागि ५ कराेड रुपैयाँ बराबरकाे रकमकाे सुनिश्चितता गरेपछि नगरले ५ कराेड रुपैयाँ बराबरकाे रकम पाउने भएको हाे ।

“नगरभित्रकाे फाेहाेरमैलालाई वर्गीकरण गरि वैज्ञानिक तवरले व्यवस्थापन गर्न पूर्वाधार निर्माणकाे लागि नेपाल सरकार अर्थ मन्त्रालयले ५ कराेड रुपैयाँ बराबर रकमकाे सुनिश्चितता गरेकाे छ,” नगर प्रमुख जाेशीले भने, “यसै आर्थिक वर्ष भित्र टेन्डर आव्हान भई फाेहाेर मेला व्यवस्थापनकाे पुर्वाधार तर्फ निर्माणकाे काम अगाडि बढ्नेछ ।”

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update