Paschim Express
कैलालीमा शिविरमा बस्दै आएका दुई बालिका बेपत्ता

कैलाली । कैलालीको बडैपुर शिविरका दुई बालिका बेपत्ता भएका छन्।

गौरीगंगा नगरपालिका–८ बडैपुर शिविरमा बस्दै आएका पार्वती बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिविरमा बस्दै आएकी गंगा ओलीकी १० वर्षीया छोरी गौरी ओली साउन २६ गतेदेखि बेपत्ता छन्। दुवै बालिका साउन २६ गते शुक्रबार दिँउसो घर नजिकैको लिक्मा नदिमा नुहाउन गएका थिए।

अहिलेसम्म ती बालिका कतै फेला नपरेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक गणेशबहादुर धामीले बताए। दुवै बालिका नजिकैको त्रिपुरेश्वर प्राविमा अध्ययनरत थिए।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update