Paschim Express
दैनिक नयाँ कार्य थाल्दै परशुराम नगरपालिका, आज मेयर जोशीले सार्वजनिक गरे 'टोल फ्री' नम्बर

डडेल्धुरा । अब डडेल्धुराको परशुराम नगरपालिका र जोगबुढा अस्पतालबाट कुनै जानकारी वा सेवा लिन फोन गर्दा पैसा नपर्ने भएको छ । नगरपालिकाले आजबाट २ वटा टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

नगरप्रमुख भरत जोशीले परशुराम नगरपालिकाले निःशुल्क फोन(टोल फ्री) सेवा सुचारु गरेको जानकारी दिएका छन् । उनका अनुसार नगरपालिकामा कार्यालय समयमा १८१०५०००१६३ टोल फ्री नम्बरमा सम्पर्क गरि जानकारी अथवा गुनासो राख्न सकिनेछ भने, १८१०५००००९७ टोल फ्री नम्बरमार्फत जोगबुढा अस्पतालमा २४सै घण्टा नि: शुल्क सम्पर्क गर्न सकिनेछ ।

FB_IMG_1709302476042-1709302753.jpg

आजभोलि नगर प्रमुख जोशीले दैनिक रुपमा नगरपालिकाले सुरुवात गरेका काम तथा नगरमा भइरहेका विकासका थालनीबारे जानकारी दिने गरेका छन् । हिजो मात्रै उनले अर्थ मन्त्रालयले नगरभित्र उत्पन्न हुने फाेहाेरमैला व्यवस्थापन गर्नकाे लागि ५ कराेड रुपैयाँ बराबरकाे रकमकाे सुनिश्चितता गरेपछि नगरले ५ कराेड रुपैयाँ बराबरकाे रकम पाउने जानकारी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update