Paschim Express
 डडेल्धुरा महोत्सवमा भलिबल प्रतियोगिता पनि हुने, प्रथम हुनेलाई ५५ हजार दिइने 

डडेल्धुरा ।  यही फागुन २४ गतेदेखि चैत ४ गतेसम्म सञ्चालन हुने  छैठौं डडेल्धुरा महोत्सवमा  खुल्ला पुरुष भलिबल प्रतियोगितासमेत हुने भएको छ । जसका लागि २५ गतेसम्म टीम दर्ता गर्न उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई ट्रफिसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रथम हुने टिमले ५५ हजार, द्वितीयले ३५ हजार र तृतीयले २५ हजार पाउने संघले जनाएको छ । टीम दर्ताका लागि ५ हजार शुल्क तोकिएको छ । 

संघका अनुसार प्रथम पुरस्कारको प्रायोजन अमरगढी नगरपालिका वडा नम्बर ५  वडाअध्यक्ष टंक क्षेत्री,  द्वितीय पुरस्कारको प्रायोजन डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका कोषाध्यक्ष एवं सिटी कम्प्लेक्सका प्रोप्राइटर दिपक बहादुर सिंह र तृतीय पुरस्कारको प्रायोजन मायामेट्रो हस्पिटल प्रालि धनगढीले गरेको छ  ।  सहभागी टिमहरुलाई महोत्सव अवधिभर टिकट निःशुल्क गरिने बताइएको छ । 

‘डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार स् कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारासहित महोत्सव यही फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने उद्योग वाणिज्य संघले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update