Paschim Express
विघटनतर्फ गठबन्धन, एमाले, माओवादी र रास्वपाबीच के भयो सहमति ?

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच मिलेर जाने मौखिक सहमति भएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मिलेर जाने मौखिक सहमति भएको माओवादीका एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने सहमति भएको हो । आइतबार कानुनमन्त्री धनराज गुरूङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकेपछि कांग्रेससँग संशकित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राति एमाले, रास्वपालगायत अन्य दलहरूसँग सहमति गरेको ति नेताले बताए ।

कांग्रेससँगको सत्ता सहकार्य के हुन्छ भन्ने प्रश्नमा प्रचण्डसँग निकट रहेका ति नेताले भने 'ठ्याक्कै यहि हुन्छ भन्ने स्थिति छैन् । सत्ता साझेदारी भएपछि प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेमा उल्टै असहयोग गरिरहेको छ ।' एमालेसँग पनि हामीले छलफल जारी राखेका छौँ । आजै केहि टुंगो लाग्ला ।'

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update